नियम १३९
परामर्श सेवा खरिद सम्बन्धी व्यवस्था
(१) दशलाख रुपैया“ भन्दा कम रकमको
परामर्श सेवा आफ्नो कार्यालयमा नियम ७० बमोजिम राखिएको मौजुदा सूचीमा
रहेका परामर्शदाताबाट लिखित रुपमा प्राविधिक र आर्थिक प्रस्ताव छुट्टा छुट्टै खाममा
माग गरी खरिद गर्न सक्नेछ ।
यस उपनियम बमोजिम खरिद गर्दा कम्तीमा तीन वटा परामर्शदाताबाट प्रस्ताव
प्राप्त गरी गर्नु पर्नेछ र गुणस्तर र लागत विधि (क्वालीटी एण्ड कष्ट वेस सेलेक्सन)
अनुसार छनौट गर्नु पर्नेछ ।
(२) दशलाख रुपैया“ भन्दा बढी मूल्यको परामर्श सेवाको लागि खरिद ऐनको
दफा ३० बमोजिम संक्षिप्त सूची तयार गरी सोमा परेका आशयपत्रदाताहरुबाट खरिद
ऐनको दफा ३१ अनुसार प्रस्ताव माग गरी खरिद गर्नु पर्नेछ ।
(३) परामर्शदाताको छनौट गर्दा खरिद ऐनको दफा ३१ उपदफा (४) मा उल्लेख
भएका विधिहरुमध्येबाट गर्न सकिनेछ । प्रस्ताव सम्बन्धी कागजातमा छनौट विधि
उल्लेख गर्नु पर्छ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै व्यवस्था भएपनि स्थानीय निकायलाई
उपयोगी र आवश्यक पर्ने तालिम, गोष्ठी र सेमिनार जस्ता विषयमा सेवा लिन परेमा
एकलाख रुपैया“सम्मको परामर्श सेवामा अधिकार प्राप्त अधिकारी आपैंmले र सोभन्दा
माथिको रकमको हकमा एक तह माथिको अधिकारीको स्वीकृति लिई सोभैm वार्ताबाट
खरिद गर्न सकिनेछ ।